समृद्धि फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले सुधारको आशा देखाएको छ । कम्पनीले चौथो त्रैमाससम्म ३.१९ करोड नाफा कमाउन सफल भएको छ ।
कम्पनीको यस अवधिमा संस्थाको निक्षेप संकलन १३.७२ प्रतिशतले वृद्धि भएको छ। कर्जा लगानी ९.६२ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीले निष्कृय कर्जा एकल अंकमा ल्याउन सफल भएको । अघिल्लो वर्षको सोही अवधिमा १९.९३ प्रतिशत रहेको निष्कृय कर्जा यस अवधिमा ९.६६ प्रतिशतमा झरेको छ । प्रति सेयर आम्दानी ३.९० रहेको छ । पोखरा फाइनानसँग मर्जर सम्झौता गरेको फाइनान्सले आगामी दिनमा अझ दरिलो, विश्वासिलो एवं सुदृढ फाइनान्सको रुपमा स्थापित भई सेयरधनीलाई उच्चतम लाभाशं प्रदान गर्ने अठोट लिएको जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस