Like us!
Follow us!
Connect us!
Watch us!

अस्थिर नीति र व्यवसायिमा आत्मबल नहुँदा लगानी रोकिएको छ – ज्ञानेन्द्र ढुंगाना

अर्थ संसार

विहीबार, २९ साउन २०८२, १७ : ४० मा प्रकाशित

अस्थिर नीति र व्यवसायिमा आत्मबल नहुँदा लगानी रोकिएको छ – ज्ञानेन्द्र ढुंगाना

नेपालको बैंकिङ प्रणाली अहिले पैसा भएर पनि लगानी गर्न नसक्ने परिस्थितिमा रहेको छ । नबिल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले अर्थसंसारसँगको कुराकानीमा बैंकहरूमा रेमिटेन्स र निक्षेपको निरन्तर प्रवाहले लगानी योग्य रकम प्रशस्त भए पनि व्यवसायीहरूमा आत्मबल र लगानी गर्ने मनोवृत्ति घटिरहेको बताएका छन् ।

‘बैंकहरुको काम पैसा लिएर उपयुक्त क्षेत्रमा लगानी गर्नु हो, तर अहिले उपयुक्त मागै देखिएको छैन’ उनले भने । ‘माग आउँछ तर त्यो व्यवहारिक छैन-एक करोड चाहिने व्यवसायीले २० करोड माग्छन्, जसले गर्दा बैंकले ऋण दिन सक्दैन,’ उनले थपे 

उनका अनुसार, कोभिडपछिको असर अझै छ । कोभिडको बेला राष्ट्र बैंकले दिएका सहुलियतपूर्ण नीतिहरू हट्नासाथ व्यवसायले त्यसको धक्का खेप्न नसकेको उल्लेख गर्दै उनले भने, ‘त्यो बेलादेखिको ऋण अहिले एकैचोटि तिर्नुपर्ने दबाबले व्यवसायहरू चापमा छन्, जसले गर्दा निष्कृय कर्जा बढेको अवस्था छ ।’

सरकारी नीतिमा स्थायित्वको अभाव, बारम्बार परिवर्तन हुने करको दर, बार्षिक फेरिने बैंक सम्बन्धी नीति तथा लगातार फेरिने अर्थमन्त्रीहरूले व्यवसायीहरूको दीर्घकालीन योजना बनाउनै नसक्ने अवस्था बनाएको उनले बताए । ‘हामीकहाँ नीति, कर, नियम र नेतृत्व केही पनि स्थिर छैन । यस्तो अवस्थामा कसरी लगानी बढ्छ ? व्यवसायीहरूले लगानी गर्ने आत्मबल नै गुमाएका छौँ ,' उनले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको