Like us!
Follow us!
Connect us!
Watch us!

नाडा अटो शो २०२५ मा फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्सको ऐतिहासिक प्रदर्शन

अर्थ संसार

शनिबार, ३१ साउन २०८२, १८ : ३५ मा प्रकाशित

नाडा अटो शो २०२५ मा फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्सको ऐतिहासिक प्रदर्शन

तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद् र अनपेक्षित अवरोध पार गर्दै भविष्यको मोबिलिटी प्रतीक मानिने डिपाल eVTOL फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स सुरक्षित रूपमा काठमाडौं आइपुगेका छन्। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (NADA) ले शनिबार पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिँदै नेपालकै ठुलो प्रदर्शनी नाडा अटो शो २०२५ मा यी प्रविधिहरू पहिलोपटक सार्वजनिक हुने घोषणा गरेको हो।

विश्वभर चासोको विषय बनेको eVTOL फ्लाइङ ट्याक्सीलाई नेपालमा पहिलोपटक नाडा अटो शोमार्फत सार्वजनिक गर्न लागिएको हो। यसले नेपालमा भविष्यको यातायात प्रणाली कस्तो हुन सक्छ भन्ने सम्भावनाको झलक दिने आयोजकहरूको भनाइ छ।

फ्लाइङ ट्याक्सीसँगै, मानिससँगै काम गर्न सक्ने क्षमता भएका युनिट्री रोबोट्स पनि यो प्रदर्शनीमा प्रदर्शन गरिनेछ। यो नेपालमा प्रविधिको नयाँ यात्राको सुरुवात हुने आयोजकहरूको विश्वास छ।

नाडाको यो १७औं संस्करण प्रदर्शनी २०८२ भदौ ३ गतेदेखि ८ गतेसम्म (१४–२४ अगस्ट २०२५) काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुनेछ। आयोजकले यसलाई नेपालमा प्रविधि, नवीनता र भविष्यप्रतिको दृष्टिकोणको जीवन्त प्रमाणका रूपमा व्याख्या गरेको छ।

नाडा अटो शो २०२५ केवल एउटा प्रदर्शनी मात्र नभई नेपालको दृढता, प्रविधिमा फड्को र नयाँ सम्भावनाको उद्घाटन गर्ने अवसर हुने बताइएको छ। आयोजकले नेपाली जनतालाई यस ऐतिहासिक क्षणका प्रत्यक्ष साक्षी बन्न भृकुटीमण्डपमा उपस्थित हुन आग्रह गरेको छ।

68a07f3a42dd8.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको