Like us!
Follow us!
Connect us!
Watch us!

छ्याङ्दी हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड

अर्थ संसार

आइतबार, ०१ भदौ २०८२, १० : ४४ मा प्रकाशित

छ्याङ्दी हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले गत साउन १४ देखि २१ गतेसम्म लिलामीमा राखेको सर्वसाधारण समूहको २ लाख ९८ हजार ८३२ कित्ता अवितरित हकप्रद सेयर बाँडफाँड गरेको छ ।

कम्पनीले बिक्री अवधिभर परेका बोलपत्रहरू साउन २७ गते खोलेर २९ गते बाँडफाँड गरेको हो । उक्त सेयरको कट अफ प्राइस (अन्तिम मूल्य) २६६.२० रुपैयाँ कायम भएको थियो । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले यसै कट अफ प्राइसलाई आधार मानेर सेयर बाँडफाँड गरेको हो । 

सेयर नपाएका वा आंशिक मात्र पाएका आवेदकको रकम आज भदौ १ गतेदेखि बैंक खातामा फिर्ता पठाइने जानकारी दिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको