Like us!
Follow us!
Connect us!
Watch us!

अराजकता बढेकोले सामाजिक सञ्जाल नियन्त्रण गर्न खोजिएको हो - शंकर पोखरेल

अर्थ संसार

सोमबार, ०२ भदौ २०८२, १३ : १५ मा प्रकाशित

अराजकता बढेकोले सामाजिक सञ्जाल नियन्त्रण गर्न खोजिएको हो  - शंकर पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा अराजकता बढेकोले नियन्त्रण गर्न खोजिएको बताएका छन्।  कञ्चनपुरमा सोमबार पत्रकारहरूसँगको कुराकानीमा उनले यो कुरा भनेका हुन्।

उनले भने,‘सामाजिक सञ्जालले आमसञ्चार माध्यमलाई कमजोर बनाएको छ,स्वतन्त्रताका नाममा अराजकता बढेकोले सरकारले त्यसलाई नियन्त्रण गर्न खोजेको हो।’

उनले पछिल्लो समय सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक सूचनाको हकलाई प्रत्याभूत गर्ने उद्देश्यका साथ कानुन बनाउन खोजेको दाबी गरे।

उनले भने,‘लोकतन्त्रका लागि लडेका पार्टीले संविधानको हक कुण्ठित हुने कानुन बनाउँदैन त्यसमा ढुक्क हुनुस्। सामाजिक सञ्जालले आमसञ्चार माध्यमलाई कमजोर बनाएको छ स्वतन्त्रताका नाममा अराजकता बढेको सरकारले त्यसलाई नियन्त्रण गर्न खोजेको हो।'

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको