Like us!
Follow us!
Connect us!
Watch us!

कहिले हुँदैछ माबिलुङ्ग इनर्जीको आईपीओ बाँडफाँड ?

अर्थ संसार

विहीबार, ०५ भदौ २०८२, १८ : ०३ मा प्रकाशित

कहिले हुँदैछ माबिलुङ्ग इनर्जीको आईपीओ बाँडफाँड ?

माबिलुङ्ग इनर्जीको आईपीओ आगामी आइतबार, भदौ ८ गते बिहान ९ः३० बजे बाँडफाँट हुने भएको छ। साउन २६ देखि २९ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरिएको उक्त आईपीओको बाँडफाँट बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा हुने जनाएको छ।

आईपीओ बाँडफाँटपछि १ लाख २४ हजार ८९० जनाले प्रत्येकले १०/ १०कित्ताका दरले सेयर प्राप्त गर्नेछन्। तीमध्ये चार जनाले थप १ कित्ता गरी ११ कित्ता सेयर हात पार्नेछन्। बाँकी करिब २२ लाख आवेदक भने खाली हात पर्ने अनुमान गरिएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका कुल १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गर्न गत असार १ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ३ लाख ८५ हजार ८२४ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५० हजार ४७१ कित्ता आईपीओ निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ । कम्पनीले अब बाँकी १३ लाख ५४ हजार २३५ कित्तामध्ये सामूहिक लगानी कोषका लागि ७५ हजार २३६ कित्ता र कम्पनीमा कार्यरत कर्मचारीका लागि ३० हजार ९५ कित्ता सुरक्षित गरी बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको