माबिलुङ इनर्जी लिमिटेडको आइपीमो पहिलो दिनमै ६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार पहिलो दिनमै कम्पनीको आइपीओमा ६ लाख ४२ हजार १८ जनाले आवेदन दिएका हुन् ।
सिडिएससीका अनुसार कम्पनीको आइपीओमा पहिलो दिनमै कुल ७५ करोड २७ लाख ५२ हजार रुपैयाँ बराबरको ७५ लाख २७ हजार ५२० कित्ता सेयरका लागि आवेदन परेको छ । कम्पनीले सोमबार साउन २६ गतेदेखि आम सर्वसाधारणका लागि जारीपूँजीको ४८.९९९८ प्रतिशत अर्थात १५ लाख ४ हजार ७०६ कित्ता सेयर जारी गरेको हो ।
कम्पनीले गत असार १ गते प्रति सेयर १०० अंकित दरका १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको १८ लाख ९० हजार ५३० कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेड ले लिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस