Like us!
Follow us!
Connect us!
Watch us!

पिपुल्स पावरको हकप्रद सेयर बाँडफाँड

अर्थ संसार

शुक्रबार, ०६ भदौ २०८२, ११ : २५ मा प्रकाशित

पिपुल्स पावरको हकप्रद सेयर बाँडफाँड

पिपुल्स पावर लिमिटेडलेको हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म निष्कासन गरेको हकप्रद सेयर बाँडफाँड भएको हो । 

कम्पनीले असार १ गतेसम्म नेप्सेमा कायम सेयरधनीका लागि १ कित्ता बराबर ०.५० कित्ताका दरले कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । निष्कासन अवधिभर रितपूर्क आवेदन दिएका ९१ हजार ९३८ जना सेयरधनीलाई २७ लाख ७१ हजार २११ कित्ता हकप्रद सेयर बाँडफाँड भएको छ ।

बाँडफाँडपछि बाँकी रहेको ३ लाख ९१ हजार ७७९ कित्ता सेयर सबैले किन्न पाउने गरी लिलाम बढाबढ मार्फत् बिक्री गरिने कम्पनीले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको