Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ क्षेत्रमा सुधारको संकेत - निक्षेपमा सामान्य वृद्धि हुँदा कर्जा प्रवाहको अवस्था कस्तो ?

अर्थ संसार

शुक्रबार, ०६ भदौ २०८२, ११ : ३३ मा प्रकाशित

बैंकिङ क्षेत्रमा सुधारको संकेत - निक्षेपमा सामान्य वृद्धि हुँदा कर्जा प्रवाहको अवस्था कस्तो ?

बैंकिङ प्रणालीमा निक्षेप संकलन सामान्य रूपमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार, भदौ १ गतेको तुलनामा भदौ २ गते निक्षेप संकलन १ अर्ब रुपैयाँले बढेर ७२ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन कुल निक्षेप ७२ खर्ब ३६ अर्ब रुपैयाँ थियो।

वाणिज्य बैंकहरूको निक्षेप संकलन १ अर्ब रुपैयाँले वृद्धि भई ६४ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ,अन्य बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ७ खर्ब ५४ अर्ब रुपैयाँमा स्थिर रहेको छ। निक्षेपमा सामान्य वृद्धिसँगै कर्जा प्रवाहमा भने उल्लेखनीय उत्साह देखिएको छ। भदौ १ गते ५५ खर्ब ८३ अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह भदौ २ गते ५ अर्ब रुपैयाँले बढेर ५५ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको हो।

यस अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ५ अर्ब रुपैयाँले बढेर ४९ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ, भने अन्य बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह ६ खर्ब २१ अर्ब रुपैयाँमा यथावत् रहेको छ। निक्षेपको तुलनामा कर्जा प्रवाहमा वृद्धि देखिएसँगै कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) मा पनि सामान्य सुधार आएको छ। राष्ट्र बैंकको अनुसार, सिडी रेसियो ७६.१७ प्रतिशतबाट बढेर ७६.२३ प्रतिशत पुगेको छ।

यसबीच, अन्तर बैंक ब्याजदर भने स्थिर देखिएको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार, भारित औषत अन्तरबैंक ब्याजदर २.६५ प्रतिशतमै स्थिर रहेको छ।

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको