Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम साढे ६ अर्ब माथि

अर्थ संसार

आइतबार, ०८ भदौ २०८२, १५ : ०८ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम साढे ६ अर्ब माथि

साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज सेयर बजार १७.०२ अंकले घटेर २७४०.९५ विन्दुमा पुगेको हो । 

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.८६ अंकले घटेर ४७१.३९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटा उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटा उपसूचकको सेयर मूल्य मात्रै बढेको छ । आज सेयर जबारमा २०८ कम्पनीको सेयर मूल्य घटेको छ भने ४१ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ ।

आज सेयर बजारमा साढे ६ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३२३ कम्पनीका १ करोड ४० लाख ९ हजार ७०८ कित्ता सेयर ५८ हजार १०५ पटक खरिद बिक्री हुँदा ६ अर्ब ५४ करोड ८६ लाख ३८ हजार ३३५ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर बजारमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज विकास हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

नोट : १५ मिनेटको औषत गणाना पछि अंक घटबढ हुन सक्ने छ । 

 

68aada8c8999b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको