राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले बिक्री हुन बाँकी रहेको हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।
कम्पनीले असार १ गतेदेखि हाल कायम ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ चुक्तापुँजीको आधारमा १ः१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो। उक्त हकप्रद निष्कासनमा बिक्री हुन बाँकी रहेको ७ लाख ४ हजार १११ कित्ता सेयर अब लिलामी प्रक्रियाबाट बिक्री गरिने भएको हो।
जसमध्ये सर्वसाधारण समूहतर्फका लागि ५ लाख ६४ हजार १० कित्ता र साउन ८ गतेपछि लकइन अवधि समाप्त हुने सर्वसाधारण समूहतर्फका लागि १ लाख ४० हजार १०१ कित्ता सेयर लिलामीमा राखिनेछ।
कम्पनीका अनुसार इच्छुक व्यक्ति वा संस्थाले न्यूनतम प्रतिकित्ता मूल्य १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गर्दै बोलपत्र पेस गर्न सक्नेछन्।
बोलपत्र आवेदन फारमहरू मुक्तिनाथ क्यापिटलको प्रधान कार्यालय नक्साल काठमाडौंसहित मुक्तिनाथ विकास बैंकका विभिन्न शाखा कार्यालयहरू — ठिमी (भक्तपुर), कुमारीपाटी (ललितपुर), बिर्तामोड (झापा), विराटनगर, बीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणघाट, पोखरा, बाग्लुङ, बुटवल, घोराही (दाङ), नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगरबाट प्राप्त गर्न सकिनेछ।
लिलामी सेयरमा बोलपत्र पेस गर्ने अवधि साउन १३ गतेदेखि साउन २० गतेसम्म रहनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस