सिद्धार्थ बैंक लिमिटेडले पुरानो लाभांश लिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले पाँच वर्षभन्दा पुरानो लाभांश लिन आउन सेयरधनीलाई सम्पर्कमा आउने आग्रह गरेको हो ।
बैंकले विगतका विभिन्न आर्थिक वर्षहरूमा पारित गरेको लाभांश हालसम्म पनि नलिएका सेयरधनीहरूलाई उक्त लाभांश लिन आग्रह गरेको हो । बैंकले त्यस्ता सेयरधनी वा नजिकको हकवालाले प्रचलित कानून बमोजिम आवश्यक प्रमाणपत्र र कागजात सहित सम्पर्क गरेमा लाभांश दिइने बताएको छ ।
तर साधारणसभाले पारित गरेको ५ वर्ष पूरा हुँदासम्म पनि सम्बन्धित सेयरधनीको तर्फबाट लाभांश लिन नआएमा त्यस्तो लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस