जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले साढे ३ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले आफ्ना केही संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ३ लाख ५१ हजार ४४० कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
हाल उक्त सेयरमा विद्यमान संस्थाप सेयरधनीहरुले मात्रै खरिद गर्न पाउने गरि बिक्रीमा राखिएको लघुवित्तले जनाएको छ । योग्य तथा इच्छुक संस्थापक सेयरधनीहरूले आवश्यक कागजात सहित सूचना प्रकाशीत भएको मितिले ३५ दिनभित्र आफूले खरीद गर्न चाहेको सेयर कित्ता र सोको मूल्य समेत तोकेर मोरङ्गको कटहरी–२ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ५०० रुपैयाँ तोकिएकाले खरीदकर्ताले कम्तीमा न्यूनतम मूल्य राखेर सेयर खरीदका लागि निवेदन दिनु पर्नेछ । तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट खरीद निवेदन प्राप्त नभएमा वा आंशिक मात्रै सेयर खरीदका लागि निवेदन प्राप्त भएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस