Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार सामान्य अंकले बढ्यो, कारोबार रकममा भने लगातार गिरावट

अर्थ संसार

मंगलबार, १० भदौ २०८२, १५ : २० मा प्रकाशित

सेयर बजार सामान्य अंकले बढ्यो, कारोबार रकममा भने लगातार गिरावट

मंगलबार सेयर बजार सामान्य अंकले सुधार भएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको बजार आज पनि ४.८३ अंकले बढेर २७६६.०९ विन्दुमा पुगेको हो । 

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५१ अंकले बढेर ४७४.८९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य बढेको छ भने ४ वटाको घटेको छ । आज सेयर बजारमा १४९ कम्पनीको सेयर मूल्य घटेको छ भने १०१ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै एउटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । 

परिसूचक बढे पनि कारोबार रकममा भने निरन्तर रुपमा गिरावट आइरहेको छ । आज सेयर बजारमा ४ अर्ब १८ करोड ५३ लाख १५५ हजार ७३४ रुपैयाँको सेयर खरिद बिक्री भएको छ । अघिल्लो दिन सेयर बजारमा ५ अर्ब ७५ करोड माथिको कारोबार भएको थियो । आज सेयर बजारमा ३२२ कम्पनीका ९२ लाख ४३ हजार २३२ कित्ता सेयर ४५ हजार ११६ पटक किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । 

आज सेयर बजारमा एउटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज विकास हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको