Like us!
Follow us!
Connect us!
Watch us!

सिक्लेस हाइड्रोपावरको ७३ लाख बढी कित्ता सेयरको लकइन अवधि असोजमा सकिदै

अर्थ संसार

बुधबार, ११ भदौ २०८२, ११ : ०२ मा प्रकाशित

सिक्लेस हाइड्रोपावरको ७३ लाख बढी कित्ता सेयरको लकइन अवधि असोजमा सकिदै

सिक्लेस हाइड्रोपावर लिमिटेडको लकइन अवधिमा रहेको सेयरको असोज महिनामा अवधि सकिदै छ । कम्पनीको कुल ७३ लाख ८४ हजार ५०० कित्ता सेयरको लकइन अवधि आउँदो असोज १० गते सकिने भएको हो । 

हाल कम्पनीको संस्थापकतर्फको ६५ लाख कित्ता, स्थानीय बासिन्दातर्फको ८ लाख ५० हजार कित्ता र कर्मचारीतर्फको ३४ हजार ५०० कित्ता सेयर लकइनमा रहेको छ । कम्पनीले आईपीओ निष्कासन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले ३ पूरा नभएसम्म संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीको सेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ ।

यस कम्पनीले २०७९ असोज ११ गते सर्वसाधारणमा आईपीओ बाँडफाँड गरेको थियो। सोही दिनदेखि लकइनमा रहेका यी सेयरहरू अब खुल्ने भएको हो । लकइन अवधि सकिएपछि यी सेयरहरू कारोबारमा आउनेछन् । यद्यपि कम्पनीको सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीले भने खरीद–बिक्री गर्न नपाइने कम्पनीले स्पष्ट पारेको छ ।


 

68ae956231cd6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको