Like us!
Follow us!
Connect us!
Watch us!

बजार फेरि २६ अंकले घट्यो, ओरालो बजारमा कुनकुन कम्पनीले कमाए ?

सोमबार, २० मंसिर २०७३, १५ : २४ मा प्रकाशित

बजार फेरि २६ अंकले घट्यो, ओरालो बजारमा कुनकुन कम्पनीले कमाए ?

अर्थ संसार
काठमाडौं–विक्रेताको चापले सेयर बजार सोमबार पनि ओरालै लागेको छ । नेप्से परिसुचक २६.३५ अंकले आरालो लागेर १५४४ अंकमा बन्द भएको छ । कारोबार रकमसमेत घटेर ६४ करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ ।

यस दिन उत्पादन समुहबाहेक सबै समुह राताम्य भएका छन् । सबैभन्दा बढी बीमा समुह ओरालो लागेको छ । यस दिन बीमा समुह १७३.३८ अंकले घटेको छ । त्यस पछि क्रमशः होटल समुह ५६.०८, जलविद्युत समुह ३८.३, विकास बैंक ३३.९४, बैंकिङ २५.१, वित्त समुह ८.३ र अन्य १.७३ अंकले घटेका छन् ।

सोमबारको सेयर बजारमा सिद्धार्थ बैंकको उच्च कारोबार भएको छ । बैंकले घोषणा गरेको बम्बर ४८.७५ प्रतिशत बोनसले लगानीकर्तालाई तानेको थियो । सिद्धार्थको ११ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ । बैंकको सेयर मूल्य घटेको बजारमा पनि १० रुपैयाँले बढेको छ । यसपछि उच्च कारोबार हुने कम्पनीमा मेगा बैंक, एभरेस्ट बैंक, बैंक अफ काठमाडौं लुम्बिनी, शिखर इन्स्योरेन्सलगायत छन् ।

घटेको बजारमा उच्च कमाइ गर्नेमा अरुण फाइनान्स, नमस्ते वित्तीय संस्था, मिर्मिरे माइक्रोफाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सले १० प्रतिशतको हाराहारीमा कमाएका छन् । सोमबारको बजारमा झण्डै १० प्रतिशतको हाराहारीमा गुमाउनेमा नागबेली लघुवित्त विकास बैंक, कर्णाली विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंकलगायतका लगानीकर्ता छन् ।

यो पनि पढ्नुहोस्

बजार फेरि २६ अंकले घट्यो, ओरालो बजारमा कुनकुन कम्पनीले कमाए ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको