साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक राताम्य भएर बन्द भएको छ । अघिल्लो दिन अर्धशतक अंकले बढेको बजार आज ३८.१० अंकले घटेर २७८१ विन्दुमा पुगेको हो । आज सेयर बजार अघिल्लो दिनको भन्दा १.३५ अंकले घटेको हो ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५.७४ अंकले घटेर ४७७.६८ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.१८ प्रतिशतले कम हो । आज सेयर बजारमा २२७ कम्पनीको सेयर मूल्य घटेको छ । भने २४ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको मात्रै बढेको छ ।
आज परिसूचक घटेपनि कारोबार रकम भने केही बढेको छ । आज सेयर बजारमा ३२२ कम्पनीका १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता सेयर ७८ हजार ३७९ पटक खरिद बिक्री हुँदा ८ अर्ब ९ करोड ५६ लाख १० हजार ४४५ रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन सेयर बजारमा ७ अर्ब माथिको कारोबार भएको थियो । आज विकास हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस