प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकको कार्यसूचीमा विभिन्न महत्वपूर्ण विधेयकमाथि छलफल र प्रस्तुति समावेश गरिएको छ।
गृहमन्त्री रमेश लेखकले 'नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१' माथि राष्ट्रियसभाबाट गरिएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। त्यस्तै, प्रतिनिधिसभाका सचिव हर्कराज राईले 'जलस्रोत विधेयक' सम्बन्धी राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यक्रम छ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले 'नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२' माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।यसअघि, सभामुखले राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र सभामा पढेर सुनाउने कार्यक्रम रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस