Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधिसभा बैठकमा ८ वटै अध्यादेश पेश

अर्थ संसार

सोमबार, २८ बैशाख २०८३, १६ : १७ मा प्रकाशित

प्रतिनिधिसभा  बैठकमा ८ वटै अध्यादेश पेश

सरकारले विभिन्न अध्यादेशहरू प्रतिनिधिसभा बैठकमा पेश गरेको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएका ८ वटा अध्यादेश पेश गरिएको हो ।

बैठकमा कानूनमन्त्री सोविता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ तथा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश प्रस्तुत गरिन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश पेश गरे भने भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) अध्यादेश प्रस्तुत गरिन्। त्यसैगरी, स्वास्थ्यमन्त्री निशा मेहता ले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेश गरिन्।

यस्तै, शिक्षामन्त्री सस्मित पोखरेल ले विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश प्रस्तुत  गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको