सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने भएका छन्। अब उनको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा जवाफ दिनेछन्। यसअघि संसद सचिवालयले प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो। तर, प्रधानमन्त्रीले जवाफ नदिने निर्णय गरेपछि अर्थमन्त्री वाग्लेले उक्त जिम्मेवारी सम्हाल्ने भएका हुन्।
प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेका थिए। सोही नीति तथा कार्यक्रममाथि आजदेखि छलफल सुरु हुने, सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने, संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्ने तथा आजै पारित गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ।
यसअघि हिजोको बैठकमा विभिन्न दलका नेताहरूले आफ्नो धारणा राखेका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस