प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका हुन्। प्रहरीको घेरा तोड्दै उनीहरूले संसद् भवनको गेटबाट माथि चढेर परिसरभित्र प्रवेश गरेका हुन्।
स्थिति नियन्त्रणमा लिन प्रहरीले अहिले अश्रुग्यास प्रहार गरिरहेको छ। यस क्रममा प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी समेत भएको छ। प्रहरीले माइकिङ गर्दै प्रदर्शनकारीलाई रोक्न प्रयास गरेको थियो । तर, त्यसपछि पनि नमानेपछि भिड तितरवितर पार्ने प्रयास गर्दै पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस