Like us!
Follow us!
Connect us!
Watch us!

संसद भवनको भग्नावशेष निरीक्षणमा पुगे मन्त्रीहरू

अर्थ संसार

बुधबार, ०१ असोज २०८२, १६ : ४९ मा प्रकाशित

संसद भवनको भग्नावशेष निरीक्षणमा पुगे मन्त्रीहरू

जेनजी आन्दोलनमा क्षति पुगेको संसद भवनको निरीक्षण गर्न सरकारका तीन मन्त्री आज त्यहाँ पुगेका छन्। अर्थमन्त्री डा.रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले केही समयअघि संसद भवन पुगेर अवस्थाको अवलोकन गरेका हुन्।

उनीहरूले संसद भवनको निरीक्षणपछि सर्वोच्च अदालतमा पुगेको क्षतिको समेत अवलोकन गर्ने तयारी गरेका छन्। साथै,भैंसेपाटीस्थित मन्त्री निवास क्षेत्रको पनि संयुक्त रूपमा निरीक्षण गर्ने कार्यक्रम रहेको छ। जेनजी आन्दोलनको क्रममा आन्दोलनकारीहरूले संसद भवन र सर्वोच्च अदालतमा आगजनी गरी ठूलो क्षति पुर्याएका थिए।

हाल संसद बन्द छ भने सर्वोच्च अदालतले पाल टाँगेर अस्थायी रूपमा सेवा सञ्चालन गरिरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको