Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सञ्जालसम्बन्धी निर्देशन: नेपालको विश्वव्यापी आईटी प्रतिस्पर्धात्मकता जोगाउन NAS-IT को आग्रह

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, १७ : ५५ मा प्रकाशित

सामाजिक सञ्जालसम्बन्धी निर्देशन: नेपालको विश्वव्यापी आईटी प्रतिस्पर्धात्मकता जोगाउन NAS-IT को आग्रह

नेपाल सरकारले सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी हालैको निर्देशिकामार्फत सुरक्षित र जिम्मेवार डिजिटल वातावरण सिर्जना गर्ने निरन्तर प्रयास गरेको भएतापनि, केहि प्ल्याटफर्महरुलााइ पूर्ण रुपमा प्रतिबन्ध लगाउने कदमले सिेगो आईटी क्षेत्रलाई पारेको प्रत्यक्ष असर प्रति नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (NAS-IT) को ध्यानाकर्षण भएको छ।

यस कदमले नेपालभित्र तथा अन्तर्राष्ट्रिय स्तरमा सेवा प्रवाह गर्ने आईटी कम्पनीहरूको दैनिक काम कारवाहीलाई हदैसम्म अबरोध गर्दै, ग्राहकहरूसँगको संचारलाई पूर्ण रुपमा अबरुद्ध पारि परियोजना समन्वयमा ढिलाइ मात्र नभई समग्र ब्यापार  व्यवसायलाई नै ठुलो जोखिममा पार्ने स्थिति उत्पन्न भएको छ। बिश्ब बजारमा नेपालको बढ्दो अवसर तथा छवि कायम राख्नका लागि तथा दैनिक सेवा सम्प्रेषणं कायम राख्नका लागि समेत यस्ता सन्चार माध्यमको अविच्छिन्न पहुँच हुनु अपरिहार्य भएकाले हाल लगाइएको प्रतिबन्धलाई यथाशीघ्र हटाई संबन्धित निकायसंग दिर्घकालिन समाधानका उपाय खोज्न नेपाल सरकारसंग नास-आईटि विनम्र अनुरोध गर्दछ।

नास-आईटि नेपाल सरकारको सुरक्षित र जिम्मेवार डिजिटल वातावरण सुनिश्चित गर्ने उद्धय्श्य प्रति सकारात्मक छ र सेवालाई पुर्ण रुपमा अबरु्द्ध नगरि खोजिने उपायहरुको स्वागत गर्न तत्पर छ।

नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्विसेज कम्पनीज (NAS-IT) नेपालकै अग्रणी गैर-नाफामुखी संस्था हो जसले नेपालको आईटी उद्योगलाई प्रतिनिधित्व गर्दछ। NAS-IT नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने, उद्यमशीलतालाई सहयोग गर्ने, र आईटी क्षेत्रलाई विश्व बजारमा सफल बनाउन सक्षम नीति समर्थन गर्ने उद्देश्यले कार्यरत छ। उद्योग र सरकारबीच सहकार्य प्रवर्द्धन गर्दै NAS-IT ले नेपाललाई प्रतिस्पर्धात्मक र भरपर्दो प्रविधि केन्द्रको रूपमा स्थापित गर्न निरन्तर प्रयासरत छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको