Like us!
Follow us!
Connect us!
Watch us!

हाम्रा सम्पूर्ण सेवाहरु रोकेका छौं : स्टक ब्रोकर एशोसिएसन

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, १० : १६ मा प्रकाशित

हाम्रा सम्पूर्ण सेवाहरु रोकेका छौं : स्टक ब्रोकर एशोसिएसन

जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाले सिर्जित असामान्य परिस्थितिप्रति स्टक ब्रोकर एशोसिएसन अफ नेपाल ले गहिरो दुःख व्यक्त गर्दै आफ्ना सम्पूर्ण सेवाहरू रोकिएको घोषणा गरेको छ।

सोमबारको प्रदर्शनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै एशोसिएसनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, आगामी दिनमा यस्ता घटनामा प्रशासन र सुरक्षाकर्मीले संयमित भएर नागरिकको ज्यान र सरकारी सम्पत्तिको सुरक्षामा ध्यान दिनुपर्ने आग्रह गरिएको छ।

एशोसिएसनका अध्यक्ष सागर ढकालले जारी गरेको विज्ञप्तिमा आन्दोलनका कारण देशभर, विशेषगरी उपत्यकाभित्र कफ्र्यु आदेश जारी भएकोले धितोपत्र दलाल व्यवसायीको कार्यालयसम्म पुगेर सेवा सञ्चालन गर्ने वातावरण नरहेको उल्लेख छ।

“लगानीकर्तालाई सेवाप्रवाहमा अवरोध हुनु हाम्रो बाध्यता हो, यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं,” विज्ञप्तिमा भनिएको छ।

एशोसिएसनले अवस्था सहज बनाउन राज्य संयन्त्रले अग्रसर भएर जिम्मेवारीपूर्ण कदम चाल्नुपर्ने आवश्यकता औंल्याएको छ। परिस्थितिको समाधानमा नेतृत्वदायी भूमिका खेल्दै शान्ति र स्थायित्व कायम गर्न सरकारले तत्काल पहल गर्नुपर्ने उसको जोड छ।

68bfadd51cc37.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको