Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधि सभा विघटनको निर्णय विडम्बनापूर्णः शंकर पोखरेल

अर्थ संसार

शुक्रबार, २७ भदौ २०८२, २० : २९ मा प्रकाशित

प्रतिनिधि सभा विघटनको निर्णय विडम्बनापूर्णः शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा विघटनको निर्णयलाई विडम्बनापूर्ण भनेका छन् । शितलनिवासमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई सरकार प्रमुख बनाउने र उनले प्रतिनिधि सभा विघटनको निर्णय गर्ने सहमति जुटेको हो ।

उक्त सहमतिलाई महासचिव पोखरेलले बिडम्बनापूर्ण भनेका हुन् । ‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउने सुनाउनेहरु अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनपूर्ण विषय हो’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसैले सतर्क रहौं, खबरदारी गरौं ।’
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको