नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले परिवर्तनले नयाँ ऐतिहासिक अवसरको ढोका खोलेको बताएका छन् । पदभार ग्रहण लगतै गृहमन्त्री अर्यालले क्षति भए पनि आन्दोलनले ऐनिहासिक अवसरको ढोका खोलेको बताएका हुन् ।
‘अहिले अब विवाद गरेर पछि फर्किने होइन । विवाद हटाएर अघि बढ्ने हो’ मन्त्री अर्यालले भने, ‘क्षति भए पनि ऐतिहासिक अवसरका लागि ढोका खुलेको छ । अहिले सुरुवात गर्ने र त्यसलाई निर्वाचन बाट थप प्रमाणिकरण गर्न लाग्नुपर्छ ।’ उनले अहिले मुलुकलाई दीर्घकालीन रुपमा सहि बाटोमा लैजानुपर्ने पनि बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस