Like us!
Follow us!
Connect us!
Watch us!

वीर अस्पतालमा थप दुई जनाको मृत्यु

अर्थ संसार

आइतबार, २९ भदौ २०८२, ११ : ३३ मा प्रकाशित

वीर अस्पतालमा थप दुई जनाको मृत्यु

जेनजी आन्दोलनबाट गम्भीर घाइते भएर वीर अस्पतालमा उपचार थप दुई जनाको मृत्यु भएको छ । वीर अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका दुई जनाको मृत्यु भएको हो । 

मृत्यु भएका दुवै जनाको टाउकोमा गोली लागेको अस्पतालले जनाएको छ । प्रहरी प्रशासनको तथ्यांक अनुसार गत सोमबार र मंगलबारको आन्दोलनबाट ५१ जनाको मृत्यु भएको थियो । आगलागीका कारण मृत्यु भएका थप शव भेटिँदै गएका छन् । चाबहिल चुच्चेपाटीमा रहेको भाटभटेनीमा आज बिहान मात्रै ६ शव फेला परेका छन् । शव पूरै डढेकाले उनीहरुको पनि सनाखत हुन सकेको छैन ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको