जेनजी पुस्ताले सोमबारदेखि सुरु गरेको आन्दोलन थप चर्किदै गएको छ । पहिलो दिन बानेश्वर क्षेत्र र उपत्यका बाहिरका केही क्षेत्रमा आन्दोलन भए पनि आज दोस्रो दिन देशभरका विभिन्न ठाउँमा सरकारको विरोधमा प्रदर्शन भइरहेको हो ।
काठमाडौं उपत्यकाका गल्ली गल्लीमा सरकारको विरोधमा प्रदर्शनहरु भइरहेको छ । दृश्य हेर्दा २०६२/०६३ को जनआन्दोनकै झल्को दिइरहेको छ । एकै दिन १९ जनाको मृत्यु भएको अवस्थामा सरकारका केही मन्त्रीहरुले राजीनामा दिएका छन् । काठमाडौं उपत्यका लगायत देशका मुख्यमुख्य शहरहरुमा कफ्र्यु जारी गरिएको छ । मानिसहरुलाई हिडडुलमा समेत समस्या भइरहेको छ ।
सडमा उपस्थित भएको जनसागर हेर्दा जनआन्दोलको झल्को देखिन्छ । उक्त जनआन्दोल १९ दिन चलेको थियो र त्यस पछि तत्कालीन राजा ज्ञानेन्द्रले जनताको नासो जनतालाई नै फिर्ता गरेको भनेर विगठन भएको प्रतिनिधि सभा पुनःगठनको घोषणा गरेका थिए । त्यस पछि आन्दोलन स्थिगित भएको थियो । अहिलेको सरकारले एकै दिन १९ जना युवाको मुक्त हुन्दा पनि केही थान मन्त्रीको राजीनामा मै टार्न खोजेको देखिएको छ ।
१९ जनाको मृत्यु भएको र विभिन्न राजनीति दलका नेताहरुको घरमा तोडफोड र आगजनी भइरहेको छ । भिड नियन्त्रण भन्दा बाहिर गइसकेको छ । यो अवस्थामा केही थान मन्त्रीको राजीनामा भन्दा पनि प्रधामन्त्रीले राजनीनामा दिनु पर्ने होइन ? कि निरंकुश भनिएका राजाले जस्तै १९ दिन पछि मात्रै पद छोड्ने हो प्रधानमन्त्री ज्यू ? तपाइहरुकै भाषमा निरंकुश भनिएका तात्कालिन राजा ज्ञानेन्द्रले पनि १९ जनाको मृत्यु हुँदा पद छोडेका थिए । उनी निरंकुश भए भनेर आएका तपाइहरु जस्ता नेताहरुले जनता मर्दा पनि कसरी सरकारमा बसिरहन नैतिकताले दिन्छ ?
तपाइले भ्रष्टको अनुहार हेर्दिन भनेर कहिले पनि थाक्नु भएको देखिदैन् । देश भित्रकाले त तपाइलाई राजनीतिक प्रतिशोधका कारणले यो सरकार भ्रष्ट भनेका होलान । नेपाल सञ्जाल चलाउनेहरुले पनि भ्रष्ट देशमा हामी हाम्रो सञ्जाल दर्ता गराउँदैनौ भन्नु पनि के राजनीति प्रतिसोध नै हो ? कुन पार्टीका रहेछन् तिनी व्यक्ति ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस