बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। रामचन्द्र पौडेल ले शुक्रबार बिहान उनलाई प्रधानमन्त्री पदमा नियुक्त गरेको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता रहेका शाहले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ। शपथ ग्रहण समारोह राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना हुनेछ।
उपलब्ध जानकारीअनुसार, शपथ ग्रहणको समय दिउँसो १२ बजेर ३४ मिनेटका लागि निर्धारण गरिएको छ। सोही साइतमा नयाँ प्रधानमन्त्रीले औपचारिक रूपमा कार्यभार सम्हाल्नेछन्।
नेपालको संविधानको धारा ७६(१) बमोजिम बहुमतको आधारमा एकल सरकार गठनको प्रक्रिया अघि बढेको हो। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले स्पष्ट बहुमत ल्याएपछि सरकार गठनको बाटो खुलेको हो।
शपथ समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, नागरिक समाजका व्यक्तित्व तथा उच्च सरकारी अधिकारीहरूलाई निमन्त्रणा गरिएको छ। प्रधानमन्त्रीसँगै मन्त्रीपरिषद्का सदस्यहरूको पनि शपथ गराउने तयारी रहेको बुझिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस