Like us!
Follow us!
Connect us!
Watch us!

महिन्द्राको बिग बोलेरो अब नेपालगंजमा

मंगलबार, २१ मंसिर २०७३, ११ : ३५ मा प्रकाशित

महिन्द्राको  बिग बोलेरो अब नेपालगंजमा

नेपालगंज(कास)– अग्नि इन्कर्पाेरेटेडको नेपालगंजस्थित आधिकारिक विक्रेता भुसाल इन्टरनेश्नलले महिन्द्राको नयाँ बिग बोलेरो पिक–अपका साथै टियुभी ३०० र केयुभी १०० गाडी उपलब्ध गराउने भएको छ । ती तिनैवटै गाडीहरु महिन्द्राका लोकप्रिय मोडल रहेको कम्पनीले जनाएको छ ।

नयाँ बिग बोलेरो पिक–अप नेपालमै सर्वाधिक विक्री हुने बोलेरो पिक–अपको नयाँ मोडल रहेको कम्पनीको दावी छ । केयुभी १०० उत्कृष्ट डिजाइन, स्टाइलिश र आरामदायी इन्टेरियर तथा सजिलो ह्यान्डलिङ्गका साथै ह्याचब्याक गाडीको मूल्यमा एसयुभी गाडीको अनुभव प्रदान गर्ने कम्पनीको दावी छ ।

त्यसैगरि ब्याटल ट्यांकको डिजाइनबाट प्रेरित टियुभी ३०० ले टफ, बोल्ड र स्टाइलिश ट्रु ब्लु एसयुभी साथै महिन्द्राको बलियो र रगेड् डिएनए पाएको कम्पनीको दावी छ । अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्रा नेपालमा विक्री तथा त्यसपछिको सेवा उपलब्ध गराउँदै आएको छ ।

यो पनि पढ्नुहोस

सिटिजन्स बैंकले १ अर्ब ३८ करोडको हकप्रद निष्काशन गर्ने

रोजगारी सिर्जना मुलुकको प्रमुख प्राथमिकताः मन्त्री जोशी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको