Like us!
Follow us!
Connect us!
Watch us!

हर्क साम्पाङको श्रम संस्कृति पार्टीमा सुदन किरातीको प्रवेश, वरिष्ठ नेताको जिम्मेवारी पाउने सहमति

अर्थ संसार

शुक्रबार, २५ बैशाख २०८३, ०७ : ५१ मा प्रकाशित

हर्क साम्पाङको श्रम संस्कृति पार्टीमा सुदन किरातीको प्रवेश, वरिष्ठ नेताको जिम्मेवारी पाउने सहमति

पूर्वमाओवादी नेता सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा समाहित हुने भएका छन्। दुवै पक्षबीच बिहीबार राति ललितपुरमा भएको छलफलपछि पार्टी एकतासम्बन्धी सहमति जुटेको हो।

सहमति अनुसार किरातीले श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउनेछन्। यससँगै उनको समूहबाट एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्यले पनि पार्टी संरचनामा स्थान पाउने समझदारी बनेको स्रोतले जनाएको छ।

हर्क साम्पाङ र सुदन किरातीले आज काठमाडौँको बागबजारमा एक कार्यक्रममार्फत पार्टी एकताको औपचारिक घोषणा गर्ने तयारी गरेका छन्। घोषणा कार्यक्रम अपराह्न ३ बजे बागबजारस्थित हार्दिक होटलमा राखिएको बताइएको छ।

भोजपुरका सुदन किराती पूर्वमाओवादी नेता हुन्। उनी यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारीमा समेत रहिसकेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको