Like us!
Follow us!
Connect us!
Watch us!

मिडियाकर्मी साथीहरुको पनि स्वेट सेयर विस्तारै आउला, आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ - सुधन गुरुङ

अर्थ संसार

बुधबार, ०९ बैशाख २०८३, १४ : ४५ मा प्रकाशित

मिडियाकर्मी साथीहरुको पनि स्वेट सेयर विस्तारै आउला, आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ  - सुधन गुरुङ

गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङले आफ्नोतर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको बताएका छन् । रामराज्यको चाहना राख्नेहरुले पनि त्याग र नैतिक साहस देखाउनुपर्ने उनको चुनौति छ । गुरुङले आफ्नो लागि पदभन्दा नैतिकता ठूलो कुरा भएको बताएका छन् । जनविश्वासभन्दा ठूलो शक्ति कुनै नहुने उनको टिप्पणी छ ।

आफूसँग सम्बन्धित विषयमा निस्पक्ष छानविन होस, पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस र त्यसमा कुनै असर नपरोस भन्ने उद्देश्यले आजकै मितिदेखि लागू हुनेगरी राजीनामा दिएको उनको घोषणा छ ।

गुरुङले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘कति मिडियाकर्मी साथीहरुको कहाँ कहाँ स्वैट सेयर छ विस्तारै आउला, रामराज्यको चहना राख्नेहरुले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ । आज आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ । सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो। मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको