प्रधानमन्त्री शुशीला कार्कीले जेनजी आन्दोलनका कारण भएको क्षतिमा राज्यले व्यवसायीलाई एक्लै नछोड्ने बताएकी छिन्। आइतबार सिंहदरबारमा आफ्नो कार्यभार सम्हाल्दै उनले व्यवसायीहरुलाई एक्लै छोड्न नहुने र राज्यले पनि त्यसो नगर्ने बताएकी हुन् ।
उनले व्यवसायीहरुलाई सस्तो बैंक ऋण वा अन्य कुनै सहायतामार्फत राज्यले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
उनले भनेकी छिन्,‘व्यक्तिको सम्पति, व्यापारी, उद्योगीहरूको सम्पति पनि डढाउने, मास्ने काम भएको छ,तिनलाई पनि हामीले जसरी उभिन्छौँ, उभेउ भन्न भएन।’ उनले भनिन् । साथै, उनले आन्तरिक बल देखाएकाेमा व्यवसायीहरूलाई धन्यवाद समेत दिइन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस