Like us!
Follow us!
Connect us!
Watch us!

अरू क्षति रोक्न पार्टी छिटो पुनर्गठन गरौं - गोकुल बास्कोटा

अर्थ संसार

सोमबार, ३० भदौ २०८२, १२ : २६ मा प्रकाशित

अरू क्षति रोक्न पार्टी छिटो पुनर्गठन गरौं  - गोकुल बास्कोटा

नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले छिटो पार्टी पुनर्गठन गर्न आग्रह गरेका छन्। जेनजी युवाको प्रदर्शनपछि एमाले नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएपछि बास्कोटाले पार्टी पुनर्गठन गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनर्गठन गरौं ।’

राजनीतिक दलविना गणतन्त्र र गणतन्त्र विना समाज बाँच्दैन भन्दै बास्कोटाले लेखेका छन्, ‘समय, परिवेश, प्रकृति, प्रकृया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनैपर्छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको