नवनियुक्त तीन मन्त्रीले सोमबार शपथ ग्रहण गरेका छन्। भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा जलेको शीतल निवासको प्राङ्गणमै शपथ कार्यक्रम आयोजना गरिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले आज रामेश्वर खनाललाई अर्थमन्त्री, कुलमान घिसिङलाई ऊर्जा मन्त्रीका रूपमा तथा ओमप्रकाश अर्याललाई गृह तथा कानुन मन्त्रीका रूपमा शपथ गराएका हुन्।यससँगै घिसिङले ऊर्जा मन्त्रालयसँगै शहरी विकास तथा भौतिक पूर्वाधार मन्त्रालयको समेत जिम्मेवारी पाएका छन्। त्यस्तै, अर्यालले गृह मन्त्रालयसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्नेछन्।शपथग्रहणका लागि शीतल निवासको प्राङ्गणमा टेन्ट टाँगेर अस्थायी मञ्च तयार पारिएको थियो। मञ्चको पछाडि भागमा प्रदर्शनका क्रममा जलेको स्थानको केही अंश अझै देखिन्थ्यो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस