Like us!
Follow us!
Connect us!
Watch us!

रूपन्देही निर्वाचन क्षेत्र नं ३ को  उपनिर्वाचन रद्द

अर्थ संसार

सोमबार, ३० भदौ २०८२, १७ : ५४ मा प्रकाशित

रूपन्देही निर्वाचन क्षेत्र नं ३ को  उपनिर्वाचन रद्द

रुपन्देही क्षेत्र नम्बर ३ मा हुने भनेको उपनिर्वाचन रद्द भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम कात्तिक १७ गते सोमबारका दिनका लागि तोकिएको उपनिर्वाचन रद्द भएको हो । 

रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उपनिर्वाचन गर्ने गरी आयोगबाट उपनिर्वाचनको मिति तोकिएकोमा राष्ट्रपतिको कार्यालयबाट भदौ २७ गते प्रकाशित विज्ञप्तिबाट सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रतिनिधि सभाको विघटन गरी फागनु २१ गते बिहीबारका दिन नयाँ प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी मिति तोकिएकोले रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गरिएको निर्वाचन आयोगले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको