Like us!
Follow us!
Connect us!
Watch us!

सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दिन सरकारको अन्तिम आह्वान

अर्थ संसार

सोमबार, ०४ साउन २०८३, १५ : २९ मा प्रकाशित

सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दिन सरकारको अन्तिम आह्वान

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसँग अन्तिमपटक निवेदन माग गरेको छ । राष्ट्रिय भूमि आयोगअन्तर्गत भूमि समस्या समाधान समितिले सूचना जारी गर्दै अन्तिमपटक निवेदन माग गरेको हो ।

जग्गा प्राप्त गर्न बाँकी रहेका भूमिहीन दलित र सुकुम्बासी तथा बसोबास व्यवस्थापन हुन नसकेका अव्यवस्थित बसोबासीलाई तोकिएको समयभित्र निवेदन दिन आग्रह गरेको हो । समितिद्वारा प्रकाशित सूचनाअनुसार तोकिएका स्थानीय तहभित्रका योग्य नागरिकले समितिले निर्धारण गरेको ढाँचामा निवेदन फाराम भरी ४ साउनदेखि ३५ दिनभित्र पेस गर्नुपर्नेछ ।

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको