भोलिदेखि खुल्ने भनेको सेयर बजार पर्सि (बिहीबार) मात्रै खुल्ने भएको छ । अन्तरिम सरकारले भोलि शोक बिदा दिएकाले सेयर बजार असोज २ गते बिहीबारदेखि मात्रै खुल्ने भएको हो ।
जेनजीको आन्दोलनपछि नेप्सेले यसअघि असोज २ गतेसम्म बजार बन्द गर्ने निर्णय गरेको थियो । तर अहिले अवस्था सामान्य भएकोले भोलि (बुधबार) देखिनै बजार खुला हुने भनिएको थियो । सोमबारको मन्त्रीपरिषद् बैठकले असोज १ गते शोक बिदा दिने निर्णय गरेसँगै बजार एक दिन पछि खुल्ने भएको हो ।
जेनजीको आन्दोलनका कारण भदौ २४ गते यता सेयर बजार बन्द रहेको छ । सरकारको शोक बिदा पछि यो साता बजार एक दिन मात्रै खुल्ने भएको हो । योसँगै दशैँ अघि बजार ६ दिन मात्रै खुल्ने भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस