नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी गतिविधि नयाँ पुस्ताको विश्वास जित्ने ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गर्न आवश्यक रहेको बताएका छन्।
त्यसैगरी, पोखरेलले नयाँ पुस्ताको नाममा भइरहेका प्रतिगमनकारी क्रियाकलाप र विध्वंशकारी प्रवृत्तिहरूको विरोध गर्नुपर्नेमा पनि स्पष्ट रूपमा बताएका छन्। उनले यस्ता गतिविधिहरूलाई गम्भीरतापूर्वक मनन गर्न आग्रह गरेका छन्।
महासचिव पोखरेलले भनेका छन् , ‘नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गरौं । त्यसको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हर्कत र विध्वंसको विरोध गरौं,नयाँ पुस्ताको विश्वास जित्ने गरी पार्टी गतिविधि अघि बढाऔँ । जनतासँगको सम्बन्धलाई जिवन्त र घनिष्ठ बनाऔँ । आन्तरिक एकतामा जोड दिऔँ, पार्टी पंक्तिको मनोबल उच्च बनाऔँ । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जागरूक बनौँ र बनाऔँ,लोकतान्त्रिक शक्तिहरूसँगको सम्बन्ध र सहकार्यमा जोड दिऔँ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस