इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले राजनीति अस्थिरता र आसोज मसान्तको ब्याजको दबाबले बजार घटेको बताएका छन् ।
अर्थसंसारसँग कुराकारी गर्दै रौनियारले यस्तो बताएका हुन् । बजारका लागि सबै सूचक सकारात्मक भए पनि राजनीतिक रुपमा भइरहेको अस्थिरताले बजारमा नकारात्मक असर गरेको उनको भनाइ छ ।
'बजारका लागि सबै कुरा सकारात्मक छन्,तरलता प्रसस्त छ,सुधारको काम पनि राष्ट्र बैंकले गरिराखेकै छ । अर्थमन्त्रालय पनि बजारप्रति सकारात्मक छ । तर आर्थीक मसान्तको ब्याज र राजनीतिक अस्थिताका कारण लगानीकर्ताको मनोबल उठ्न नसकेकाले बजार घटेको देखिन्छ',उनले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस