जेनजी आन्दोलन पछि आज पहिलो पटक सेयर बजार खुल्दै छ । आन्दोलनका कारण लगानीकर्ताको माग अनुसार नै बन्द भएको बजार लगानीकर्ताको माग अनुसार नै आजदेखि पूर्ववत रुपमा सेयर बजार खुल्ने भएको हो ।
पछिल्लो पछि भदौ २३ गते बन्द भएको बजार त्यस पछिको जेनजी आन्दोलनका कारण बन्द भएको थियो । पछिल्ला कारोबारमा बजार ३५ अंकले घटेर बन्द भएको थियो । दशैँको मुखैमा बन्द भएर खुल्न लागेको बजारमा आन्दोलनको मनोवैज्ञानिक प्रभावसँगै केही आशाका किरणहरु पनि देखिने लगानीकर्ताहरुको भनाइ छ । भदौ २४ गतेदेखि असोज १ गतेसम्म बजार ६ कारोबार दिन बन्द रहन पुग्यो । असोज १ गते देखि नै बजार खुल्ने गरि तयारी भए पनि सरकारले शोक विदा दिए पछि त्यो दिन बजार बन्द रहन पुग्यो ।
जेनजी अन्दोलन पछि अहिले नयाँ सरकार बनिसकेको छ । आन्दोलनबाट भएको क्षतिका कारणले केही मात्रामा लगानीकर्तामा निराशा भए पनि नयाँ सरकार बनेको आशा जगाएको लगानीकर्ताहरुको भनाइ छ । अर्को तिर नेपालमा जब जब संकटको अवस्था सिर्जना हुन्छ र त्यस पछि बजार खुल्दा बजार गति लिएको इतिहास भएकाले यो पटक पनि त्यस्तो हुन सक्ने सम्भावना रहेको पनि लगानीकर्ताको भनाइ छ । खुलेको केही दिन बजार घटे पनि विस्तारै गति लिने र बजार बढ्ने इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारको भनाइ छ । यस अघिको इतिहासले पनि त्यो देखाएकाले उनको यो भनाइमा सत्यता छ ।
नयाँ सरकार बनेकाले सुशासन कायम हुने र बजारमा सकारात्मक प्रभाव पार्ने अनुमान पनि गरिएको छ । आन्दोलनबाट क्षति भएको कारणले केही दिन बजार घटेपनि विस्तारै बढ्ने रौनियारले बताए । बजार घटेर बढ्नु पर्ने समयमा यस्तो घटना भएकाले सुरुमा केही दिन घटे पनि बजारले गति लिने उनको विश्वास छ । संकट पछिका समयमा बजाले गति लिने इतिहास रहेकाले यो पटक पनि लगानीर्ताहरु त्यसैको आशमा रहेको अर्का लगानीकर्ता विष्णु सुवेदीको भनाइ छ । बजारलाई मनोविज्ञानले धेरै असर गर्ने भएकाले सुरुमा ध्वंशको मनोविज्ञानले गर्दा केही मात्रामा बजार घटे पनि विस्तारै लय समात्ने उनी बताउँछन् ।
यस्ता संकटमा समयमा बजार बढ्ने विगतको इतिहास भएकाले यो पटक पनि त्यो अवस्था दोहोरीन सक्ने नेपाल सेयर बजार लगानीर्ता संघका महासचिव रविन कँडेलको भनाइ छ । आम रुपमा मनोविज्ञानले बजारलाई असर गर्ने भएकाले बजार सुरुमा घटेपनि विस्तारै बढ्ने सम्भावना रहेको उनले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस