Like us!
Follow us!
Connect us!
Watch us!

एशियन ब्याट्रीले आईपीओ जारी गर्ने, एक वर्षमा ६२ करोडको कारोबार

अर्थ संसार

विहीबार, ०२ असोज २०८२, ०७ : २६ मा प्रकाशित

एशियन ब्याट्रीले आईपीओ जारी गर्ने, एक वर्षमा ६२ करोडको कारोबार

विद्युतीय सवारीसाधन र विभिन्न किसिमका ब्याट्री उत्पादन गर्ने एशियन ब्याट्री कम्पनीले आईपीओ जारी गर्ने भएको छ । सन् २०१२ मा स्थापना भएको यो कम्पनीले आईपीओ जारी गर्ने तयारी गरेको हो । 

सन् २०२५ मा आएर पब्लिक कम्पनीको रूप लिएको हो । कम्पनीले निकट भविष्यमा साधारण जनतामाझ प्राथमिक सेयर (आईपीओ) जारी गर्ने तयारीसमेत गरिरहेको छ । कम्पनीले पछिल्लो आर्थिक वर्षमा उल्लेखनीय कारोबार गर्न सफल भएको छ । कम्पनीले गत आवमा करिब ६२ करोड १० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । उद्योगका अनुसार विगत केही वर्षयता कम्पनीको व्यवसायिक आय निरन्तर वृद्धि भइरहेको छ । सन् २०२३ मा करिब ४३ करोड रुपैयाँ बराबरको कारोबार गरेको कम्पनीले सन् २०२४ मा झन्डै ५१ करोड ७० लाख रुपैयाँ कारोबार गरेको थियो । सोही क्रममा सन् २०२५ मा आएर कारोबार ६२ करोड रुपैयाँ नाघेको छ । कम्पनीले सन् २०२१ देखि हालसम्म कारोबार वार्षिक औसत २९ प्रतिशतले बढ्दै आएको जनाएको छ ।

विराटनगरस्थित उद्योगमार्फत कम्पनीले हाल वार्षिक ५४ मेट्रिक टन क्षमतामा उत्पादन गर्दै आएको छ । कम्पनीले विद्युतीय गाडीमा प्रयोग हुने ब्याट्रीसँगै अटोमोटिभ र ट्युबलर ब्याट्री पनि उत्पादन गरी आन्तरिक बजारमा आपूर्ति गरिरहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको