मुक्तिनाथ विकास बैंकले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १३.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ४.६७ प्रतिशत नगद लाभांश गरि कुल १८.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस