Like us!
Follow us!
Connect us!
Watch us!

नबिल इन्भेष्टमेण्ट बैंकिङको साधारणसभा आह्वान, लाभांश प्रस्ताव पारित गर्ने

अर्थ संसार

विहीबार, ०२ असोज २०८२, ११ : २३ मा प्रकाशित

नबिल इन्भेष्टमेण्ट बैंकिङको साधारणसभा आह्वान, लाभांश प्रस्ताव पारित गर्ने

नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले १६ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले उक्त सभा असोज २४ गते काठमाडौंको नक्सालमा रहेको सेन्ट्रल प्लाजामा बिहान ११ बजेदेखि सुरु हुने भएको हो । 

सभामा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०८१–८२ को लागि प्रस्तावित २५ प्रतिशत बोनश सेयर र १.३१५७८९४७ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव पारित गरिनेछ । यस्तै आर्थिक वर्ष २०८१–८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात, आव २०८१–८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अन्य विवरणहरु माथि छलफल गरी पारित गरिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको