Like us!
Follow us!
Connect us!
Watch us!

मेरो भागमा पर्ने कमजोरी र नालायकीप्रति माफी चाहन्छु - सुहाङ नेम्वाङ

अर्थ संसार

शुक्रबार, ०३ असोज २०८२, १३ : ०९ मा प्रकाशित

मेरो भागमा पर्ने कमजोरी र नालायकीप्रति माफी चाहन्छु - सुहाङ नेम्वाङ

नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले जेनजी विद्रोपछिको आवेग र सम्भावित प्रतिशोधको वातावरणप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। प्रेस नोट जारी गर्दै उनले सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेका छन्। 

‘अग्रज र नौजवान साथीहरूलाई फेरि पनि भन्छु– अब आवेग, उत्तेजना र प्रतिशोध त्यागौं’, सुहाङको अपिल छ । 

सँगै, जेनजीहरू आफ्नै सन्तानहरू भएकाले उनीहरूको भावनालाई सम्मान गरेर जानुपर्ने उनको मत छ । 'आफ्नो अस्तित्व र अधिकारको निम्ति सडकमा आएका जेनजीहरूलाई उत्तेजनापूर्ण आरोप लगाउनु आफ्नै सन्ततीहरूलाई गाली गर्नु हो,’ उनले लेखेका छन्, ‘आफ्नै सन्ततीहरूलाई गाली गर्नेहरू जिम्मेवार अभिभावक बन्नै सक्दैनन् ।’ 

जेनजी विद्रोह हुने परिस्थितिसम्मको गल्तीमा आफ्नो भागको जिम्मेवारी लिने पनि नेम्वाङले लेखेका छन् ।

‘यो अवस्था निर्माणमा मेरो पनि अलिकति भूमिका रह्यो होला । यदि रह्यो भने मेरो भागमा कति पर्छ कुन्नी ? यो कमजोरी र नालायकीप्रति म माफी माग्छु,’ उनले भनेका छन्, ‘गल्तीहरू नेतृत्वमा बस्नेहरूबाटै हुन्छन्, आत्मालोचना र स्वीकारोक्ति जरुरी छ । जनतालाई माफी मागेर सच्चिने प्रण गर्नु नै हाम्रो महानता हो ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको