Like us!
Follow us!
Connect us!
Watch us!

बहुमतको गणितले मात्रै संविधानका अक्षरहरू कोरिन हुँदैन - सुहाङ नेम्वाङ

अर्थ संसार

विहीबार, ३१ बैशाख २०८३, १३ : ५१ मा प्रकाशित

बहुमतको गणितले मात्रै संविधानका अक्षरहरू कोरिन हुँदैन - सुहाङ नेम्वाङ

नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधान संशोधन जनताले प्राप्त गरेका अधिकारहरूको कसीमा राखेर अग्रगमनका लागि हुनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले संविधान केवल अक्षरहरूको संग्रह मात्रै नभइ रगत र पसिनाले लेखिएको साझा सहमतिको दस्तावेज रहेको स्मरण गरे ।

संविधान अंकगणितको जोडघटाउ मात्रै नभइ राष्ट्रिय एकता र साझा मनोवैज्ञानिक भावधारालाई जोड्ने कडी भएको जिकिर गरे ।

नेम्वाङले भनेका छन्,‘मेरो स्पष्ट धारणा छ, संविधान संशोधन केवल संशोधनका लागि मात्र नभई, जनताले प्राप्त गरेका अधिकारहरूको कसीमा राखेर ‘अग्रगमन’ का लागि हुनुपर्छ, न कि ‘पश्चगमन’ का लागि।यो संविधान केवल अक्षरहरूको संग्रह होइन, रगत र पसिनाले लेखिएको साझा सहमति दस्तावेज हो ।  संविधान अंकगणितको जोडघटाउ मात्रै होइन यो त राष्ट्रिय एकता र साझा मनोवैज्ञानिक भावधारालाई जोड्ने कडी हो, गणितले संशोधन त गर्ला, तर साझा भावनाले मात्र स्थायित्व दिन्छ संविधानका अक्षरहरू बहुमतको गणितले मात्र कोरिनु हुँदैन, त्यसमा राष्ट्रको साझा ढुकढुकी र सहमतिको रङ्ग भरिनुपर्छ । तब मात्र त्यो कालजयी र साझा बन्छ ।’

नीति तथा कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्र निर्माणको स्पष्ट मार्गचित्र र दृढ सङ्कल्प कतै नदेखिएको भन्दै उनले चिन्ता व्यक्त गरे । समाजको एउटा तप्का भोकै छ, एउटा वर्ग अपमानित छ र अर्को क्षेत्र उपेक्षित छ भने, ती चिल्ला सडकहरूको के अर्थ ? भन्दै उनले प्रश्न गरे ।

उनले भनेका छन्,‘यो अपमानपूर्ण परनिर्भरताको भारी बोकेर देश गन्तव्यमा पुग्न सक्दैन । बजारको कुरा गछौं र वितरणका सुन्दर सपनाहरू सहजै बाँड्छौं, तर प्रश्न उठ्छ— जब उत्पादन नै छैन, तब बजार र वितरणको मात्रै  सपना बाढेर हुन्छ के ? के हामी बजारको नाफामा मात्र बाँच्ने हो वा सधैँ विदेशी अनुदानको वैशाखी टेकेर देश विकास गर्ने हो ? समृद्धिको अर्थ भौतिक विकास मात्रै होइन बरु प्रत्येक मान्छेको आत्मसम्मानको वृद्धि हो । जबसम्म कुनै पनि नागरिकको मनमा ‘यो देश मेरो पनि हो र ?’ भन्ने संशय रहन्छ, तबसम्म हाम्रो विकास अधुरै रहनेछ ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको