नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले आफू संसदीय दलको नेता बन्न तयार रहेको बताएका छन्। सिंहदरबारमा सांसद पदको शपथ ग्रहणका लागि पुगेका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उक्त विषयमा पार्टीभित्र अझै छलफल नभएको उल्लेख गरे।
उनले भने,‘हाम्रो अग्रज अभिभावक अहिलेसम्म शोकमै हुनुहुन्थ्यो । त्यही कारणले हाम्रो पार्टीभित्र यसबारेमा छलफल भइसकेको अवस्था छैन। सामाजिक सञ्जाल र बाहिर जुन तरिकाले कुरा उठिरहेको छ । त्यो उहाँहरूको शुभेच्छा हो, म त्यो प्रति सम्मान गर्छु ।’
संसदीय दलको नेताबारे अब पार्टी अगाडि बढाए आफू तयार हुने नेम्वाङले बताए । ‘पार्टीले मलाई अगाडि बढ भन्दा मैले खुट्टा कमाउदिनँ,’ उनले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस