Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ क्षेत्रमा घट्दै मुद्दती निक्षेप, गत आवको भन्दा ९ प्रतिशतले घट्यो

अर्थ संसार

आइतबार, ०५ असोज २०८२, १७ : ०६ मा प्रकाशित

बैंकिङ क्षेत्रमा घट्दै मुद्दती निक्षेप, गत आवको भन्दा ९ प्रतिशतले घट्यो

बैंकिङ क्षेत्रमा मुद्दती निक्षेपको अंश घट्दै गएको देखिएको छ । चालू आर्थिक वर्षको साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति निक्षेपमा ७२ खर्ब ४१ अर्ब २३ करोड रुपैयाँ संकन भएको हो । 

यो गत आर्थिक वर्षको सोही अवधिको भन्दा ९.१ प्रतिशतले कम हो । गत आवको साउन मसान्तसम्ममा आवमा बैंक तथा वित्तीय संस्थाहरुले ६४ खर्ब ४६ अर्ब ८२ करोड २६ लाख रुपैैयाँ निक्षेप संकलन गर्दा मुद्दती निक्षेपको अंश ५७.१५ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको साउन महिनासम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपको अंश ४८.१४ प्रतिशत मात्र छ ।  चालू आवको साउन महिनामा बैंकिङ क्षेत्रको कुल निक्षेपमा मुद्दती, बचत, चल्ती र कल डिपोजिटको अंश क्रमशः ४८.१४, ३७.३७, ५.७१ र ८.१२ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यस्तो निक्षेपको अंश क्रमशः ५७.१५, ३०.१५, ५.१३ र ६.८७ प्रतिशत रहेको थियो । यस अवधिमा वाणिज्य बैंकहरुले मात्र कुल ६४ खर्ब ८६ अर्ब ४३ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । जसमा मुद्दती, बचत, चल्ती र कल निक्षेपको अनुपात क्रमशः ४७.७८, ३७.३०, ६.१५ र ८.४ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुले कल ५७ खर्ब १८ अर्ब १८ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गर्दा मुद्दती, बचत, चल्ती र कल निक्षेपको अंश क्रमशः ५६.४१, ३०.४२, ५. ५८ र ६.८२ प्रतिशत रहेको थियो । साउन मसान्तसम्म विकास बैंकहरुले कुल ६ खर्ब २३ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गर्दा मुद्दती, बचत, चल्ती र कल निक्षेपको अंश क्रमशः ४८.२२, ४०.९२, २.०८ र ८.६५ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा विकास बैंकहरुले कुल ५ खर्ब ९८ अर्ब ७४ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गर्दा मुद्दती, बचत, चल्ती र कल निक्षेपको अंश क्रमशः ६१.०९, २९.८६, १.६६ र ७.३५ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार साउनसम्म फाइनान्स कम्पनीहरुले भने कुल एक खर्ब ३१ अर्ब ७३ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गर्दा मुद्दती, बचत, चल्ती र कल निक्षेपको अंश क्रमशः ६५.२९, २३.९८, १.१४ र ९.५३ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने फाइनान्स कम्पनीहरुले कुल १ खर्ब २९ अर्ब ८९ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गर्दा मुद्दती, बचत, चल्ती र कल निक्षेपको अंश क्रमशः ७१.३५, १९.६८, १.२२ र ६.८८ प्रतिशत रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको