Like us!
Follow us!
Connect us!
Watch us!

नीति निर्माणबीच समन्वय गरी कार्यान्वयनयोग्य योजना ल्याउछौं - अर्थमन्त्री खनाल

अर्थ संसार

आइतबार, ०५ असोज २०८२, १७ : २९ मा प्रकाशित

नीति निर्माणबीच समन्वय गरी कार्यान्वयनयोग्य योजना ल्याउछौं - अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकको अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रबाट प्राप्त सक्रिय सुझावलाई आधार बनाएर चाँडै सुधारात्मक प्याकेज घोषणा गरिने जानकारी दिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज निजी क्षेत्रका प्रतिनिधिहरूसँग भएको छलफलमा उनले वित्तीय तथा मौद्रिक नीतिबीच समन्वय गर्दै व्यवहारिक र कार्यान्वयनयोग्य योजना ल्याइने बताएका हुन्।

अर्थमन्त्री खनालले भने ,‘निजी क्षेत्रबाट प्राप्त सम्पूर्ण सुझावलाई समेटेर प्याकेज घोषणा हुन्छ । यसको प्रस्ताव मन्त्रिपरिषद्मा गइसकेको छ।' 

असामान्य परिस्थितिमा विशेष पहल आवश्यक हुने उल्लेख गर्दै अर्थमन्त्री खनालले अहिलेको आर्थिक सङ्कट समाधानका लागि निजी क्षेत्रले पनि आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए। उनले वर्तमान सरकारको छ महिनाको कार्यकाललाई केवल निर्वाचनसम्म सीमित नराखी, आर्थिक क्षेत्रमा जनताको आशा र विश्वास बढाउने दिशामा प्रयत्न गर्ने योजना रहेको बताए ।

उनले भने ‘यो सरकारले दीर्घकालीन प्रकृतिका कानुन ल्याउँदैन । निर्वाचनसम्मका लागि मात्र अध्यादेश ल्याउन उपयुक्त हुन्छ । सामान्य समस्या र प्रक्रियागत जटिलता फुकाउनका लागि आवश्यक परे संशोधन गर्न सकिन्छ।'

भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नु पनि अहिलेको सरकारको म्याण्डेट रहेको उल्लेख गर्दै उनले सरकारी कार्यालयबाट हुने सेवाप्रवाहमा कुनै समस्या देखिए कारबाही गरिने चेतावनी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको