Like us!
Follow us!
Connect us!
Watch us!

घटबढ बजारको सुन्दरता हो, अब पुँजी बजार आफ्नो लयमा अघि बढ्छ : तारा फुल्लेल

अर्थ संसार

मंगलबार, ०७ असोज २०८२, १५ : ५५ मा प्रकाशित

घटबढ बजारको सुन्दरता हो, अब पुँजी बजार आफ्नो लयमा अघि बढ्छ : तारा फुल्लेल

सेयर लगानीकर्ता संघका कार्यवाह अध्यक्ष तारा प्रसाद फुल्लेलले सेयर बजार घट्नु बढ्नुनै बजारको सुन्दरता भएको भन्दै एकै पटक ६ प्रतिशतको गिरावट भने नसोचिएको बताएका छन् । अर्थसंसारसँगको कुराकानीका क्रममा फुल्लेलले आन्दोलन पछिको पहिलो दिन घटेपनि बजारले गति लिएको बताएका हुन् ।

‘जेनजी आन्दोलन पछिको पहिलो कारोबार दिन बजार घटे पनि अहिले बजारले गति लिएको छ, अब नियमित रुपमा बजार अघि बढ्छ,’ उनले भने । कारोबार खुलेपछि केही मात्रामा घटे पनि बजार ६ प्रतिशतले घट्ने अनुमान नगरिएको उनको भनाइ छ । बजार निकै तल्लो बिन्दुमा भएको र बढ्नै पर्ने अवस्थामा रहेको उनी बताउँछन् । 

बजार संधै घट्ने मात्रै वा सधै बढ्ने मात्रै नुहने भएकाले अहिले बजारले जेनजी आन्दोलन पछिको गिरावटाको भरपाइ गरेको र अब आफ्नै लयमा बजार अघि बढ्ने उनको विश्वास छ । ‘६ प्रतिशतसम्मको गिरावट अनुमान गरिएको थिएन् । अब संटकबाट बजार अघि बढेको छ । आफ्नै लयमा अघि जान्छ,’ उनले भने । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको